Sacho TV

चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका द्वारा बजार अनुगमन

 

झापा, १६ असोज : बिर्तामोड नगरपालिकाले आज बजार अनुगमन गरेको छ ।
दशैं, तिहार नजिकिएसंगै बजारमा हुने कालो बजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले खाद्यान्न, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो ।

अनुगमन टोलीले बिर्तामोड ५ मा रहेको सतासी डिपार्टमेन्ट स्टोर र बिर्तामोड ४ को एभरेष्ट फ्रेस एण्ड फेसन मार्टबाट
अखाद्य वस्तु मिसावट भएको एभरेष्ट मसला जफत गरेको छ । यो मसला खानका लागि अयोग्य रहेको जनाईएको छ । यस्तै बिर्तामोड ५ को स्वरोजगार भवानी बचत रिण सहकारी पसलबाट केहि अखाद्य रंग मिसावट भएको फ्राई मटर जफत गरेको छ ।

अनुगमनका क्रममा अधिकांस पसलहरुमा मूल्य सूची नराखिएको, खानेकुरामा अखाद्य रंग मिसाईएको, पेय पदार्थमा खुद्रा मुल्य उल्लेख नगरिएको पाईएको छ । यस प्रकारका पसलहरुलाई भोलि देखि नै सुधार गर्न निर्देशन गरेको जनाईएको छ ।

नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । उहाँले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनैपनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गर्नु भयो ।

बिर्तामोड नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल,
बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, आन्तरिक राजश्व कार्यालयका टंक पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालयका टंक प्रसाद प्रसाई, खाद्य गुणस्तर तथा नापतौल कार्यालयका सुवास वस्ती, हरेराम महतो, बिर्तामोड नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, शम्भु शाह, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल, प्रहरी लगायत सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...