Sacho TV

Avatar

Sacho TV

966 Posts
धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र भत्किन थालेको छ । स्थानीयले सहिदहरुको अनुहारसमेत मेल नभएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । “सहिदको नाममा लाखौँ बजेट खर्च भयो तर न त अनुहार मिलेको छ, न कामको गुणस्तर टिकेको छ,” एक स्थानीयले भने, “यो त सहिद अपमान हो ।” सालिक निर्माण भर्खरै सम्पन्न भए पनि हालैदेखि टुक्रिन थालेको देखिन्छ । यसले निर्माण कार्यमा गुणस्तरहीन काम भएको स्पष्ट देखाएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् । यसअघि पनि विभिन्न ठाउँमा सार्वजनिक ढुकुटी खर्च गरेर बनाइएका संरचनाहरू छोटो समयमै भत्किएका…
Read More
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कारागारका कैदीहरूले केही दिनअघि खानेकुरा र लत्ताकपडा जलाएपछि समस्या थपिएको थियो। यस्तै, ताला चावी फुटाएर भाग्न खोज्ने क्रममा कैदी र सुरक्षाकर्मीबीच भएको झडपमा सेनाको गोलीबाट २ जनाको कैदीको निधन भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भईरहेको छ यस्तो परिस्थितिमा रेडक्रसले कम्बल, बाल्टिन र जग उपलब्ध गराएको हो। जिल्ला रेडक्रसका सभापति दुर्लभ कुमार तामाङ, मन्त्री नेम कुमार श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यालय प्रमुख आगमन खतिवडाले कारागार प्रशासक सरस्वती अधिकारीलाई सामग्री हस्तान्तरण गरेका हुन्। कारागार प्रशासनले…
Read More
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा वक्तव्यमा उनले काठमाडौंसहित देशभरका स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि भएको दमन, हत्या र बलप्रयोगले आफू स्तब्ध बनेको बताएका छन्। “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले पदमा अडिरहन नसकेको” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। मन्त्री अधिकारीले लोकतन्त्रमा नागरिकको प्रश्न सोध्ने अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्दै युवापुस्तासँग सहकार्य गर्नुपर्ने सट्टा…
Read More
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे धादिङबेसीमा शान्तिपूर्ण विरोध प्रदर्शन हुने भएको छ। आयोजक विद्यार्थीहरुका अनुसार उक्त कार्यक्रममा न्यायप्रेमी, सचेत नागरिक, युवा, विद्यार्थी, महिला–पुरुष लगायत समाजका सबै वर्ग–स्तरलाई उपस्थित भई आवाज उठाउन आह्वान गरिएको छ। प्रदर्शन धादिङबेसीस्थित पुच्छर बजार क्षेत्रबाट शुरु हुने जनाएको छ।
Read More
धादिङको नीलकण्ठ–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,२ सय ३६ जनाले  लिए स्वास्थ्य सेवा

धादिङको नीलकण्ठ–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,२ सय ३६ जनाले लिए स्वास्थ्य सेवा

धादिङ, नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय ३६ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा १ सय ५६ महिला र ८० पुरुषले आँखा, दन्त, छाला, महिला स्वास्थ्य लगायत विभिन्न रोगहरूको परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए। वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार वडावासीलाई सहज रूपमा रोगको पहिचान गरी समयमा उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचानमा सहयोग गर्ने भएकाले शिविर महत्वपूर्ण रहेको उहाँले…
Read More
घरदैलोमै सामाजिक सुरक्षा सेवा : नीलकण्ठ–४ मा अभियान सुरू

घरदैलोमै सामाजिक सुरक्षा सेवा : नीलकण्ठ–४ मा अभियान सुरू

धादिङ, भदौ १७ । नीलकण्ठ नगरपालिका–४ मा जेष्ठ नागरिक, अपाङ्गता, अशक्त र शारीरिक कमजोरी भएका लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्य आजदेखि सुरु भएको छ । वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार शारीरिक अवस्था वा अन्य कारणले कार्यालयसम्म आउन नसक्ने सेवाग्राहीलाई लक्षित गरी वडास्तरीय टोली घरघरमै पुगेर सेवा प्रदान गर्न थालेको हो । उनले भने, “यस अभियानमार्फत अपाङ्गता भएका, शारीरिक रूपमा अशक्त वा जेष्ठ नागरिकलाई घरदैलोमै सेवा पु¥याउँदा उनीहरूको सम्मान र सुविधा दुवै सुनिश्चित हुन्छ ।” सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको भदौ मसान्तसम्म लाभग्राहीको परिचयपत्र नवीकरण अनिवार्य हुने प्रावधान छ । सोही व्यवस्था अनुसार वडाले…
Read More
धादिङबेसीमा प्रस्तावित शिक्षा ऐनविरुद्ध स्कुल बस र्‍याली

धादिङबेसीमा प्रस्तावित शिक्षा ऐनविरुद्ध स्कुल बस र्‍याली

धादिङबेसी, १६ भदौ । प्रस्तावित संघीय शिक्षा ऐनको विरोधस्वरूप आज धादिङबेसीमा निजी तथा आवासीय विद्यालयहरूले स्कुल बस र्‍याली आयोजना गरेका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा भएको सो आन्दोलनमा जिल्लाका दर्जनौँ विद्यालयहरूले सक्रिय सहभागिता जनाएका थिए। आयोजकका अनुसार ३० भन्दा बढी स्कुल बस र्‍यालीमा सहभागी भएका थिए। विद्यालय सञ्चालकहरूले नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई क्रमशः बन्द गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, सरकारले ल्याउन लागेको नयाँ शिक्षा ऐन विभेदकारी छ र यसले निजी विद्यालयको अस्तित्वमै प्रश्न उठाएको छ। प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार ऐनमा समावेश गरिएका केही प्रावधानले विद्यालयहरूलाई अन्यायपूर्ण ढंगले निषेध गर्ने प्रयास…
Read More
सडक सरसफाइमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित स्थानीयको सक्रियता

सडक सरसफाइमा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित स्थानीयको सक्रियता

धादिङ – सिद्धलेक गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) सिद्धलेक गाउँकमिटीको आयोजनामा सडक सरसफाइसहित श्रमदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत स्थानीयबासिन्दा तथा नेताहरूले मुख्य सडकमा जम्मा भएको हिलो, धुलो र फोहर हटाउँदै बाटो सफा गरेका थिए। सडक सरसफाइको क्रममा स्थानीयले एकआपसमा मिलेर बाटो वरिपरि संकलित मैला व्यवस्थापन गरे भने हिलो पन्छाएर यातायात आवागमन सहज हुने वातावरण तयार पारिएको थियो। यस अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यू स्वयं स्थानीयसँगै हातमा उपकरण लिएर हिलो सफा गर्दै श्रमदानमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो। उहाँले सरसफाइलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै “स्वच्छ वातावरण नै स्वस्थ जीवनको…
Read More
नेपाल नेत्र ज्योति संघ, धादिङले तेस्रो साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने

नेपाल नेत्र ज्योति संघ, धादिङले तेस्रो साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्ने

धादिङ – नेपाल नेत्र ज्योति संघ, धादिङले आफ्नो तेस्रो साधारण सभाको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम आगामी भदौ २१ गते शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म धादिङको सिरानबजारस्थित क्रिक रिसोर्ट, नीलकण्ठ–४ मा हुने छ। रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग गर्ने जनाएको छ। “रक्तदान, जीवनदान” नारासहितको यस अभियानमा स्थानीय दाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा आयोजक नेपाल नेत्र ज्योति संघ, धादिङले गरेको छ।
Read More
धादिङको गजुरीमा पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन हुने

धादिङको गजुरीमा पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन हुने

धादिङ । गजुरी गाउँपालिका–१ स्थित रूद्रेश्वर महादेव मन्दिर प्राङ्गणमा आगामी भाद्र १८ र १९ गते “पितृ उद्धार तथा १०८ संकल्प अखण्ड हरिनाम संकीर्तन” कार्यक्रम हुने भएको छ। युवा भजन गुरु गायक निश्चल सिलवालको विशेष संकल्पमा हुने कार्यक्रममा १८ गते बिहान ७ बजे बजार परिक्रमा तथा बेलुकी लाखबत्ती प्रज्वलन  गरि २४ घण्टा सम्म अखण्ड हरिकृतन गरिने छ ।    भक्तजनहरूले सम्पूर्ण मन्तव्यसहित करिब १००० बत्ती ल्याउन आयोजकले आग्रह   गरेका छन्। त्यसै अवसरमा १९ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान धादिङ जिल्लाको प्रथम अधिवेशन पनि हुने आयोजकले जनाएको छ । श्री भद्रकाली लोक संस्कृति जगेर्ना केन्द्र, गजुरी–१, मलेखुले कार्यक्रमको आयोजना…
Read More