धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। आफ्नो राजीनामा वक्तव्यमा उनले काठमाडौंसहित देशभरका स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध शान्तिपूर्ण विरोधमा उत्रिएका युवामाथि भएको दमन, हत्या र बलप्रयोगले आफू स्तब्ध बनेको बताएका छन्। “स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाविपरीत हुने भएकाले पदमा अडिरहन नसकेको” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। मन्त्री अधिकारीले लोकतन्त्रमा नागरिकको प्रश्न सोध्ने अधिकार र शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन गर्नु अलोकतान्त्रिक भएको टिप्पणी गर्दै युवापुस्तासँग सहकार्य गर्नुपर्ने सट्टा…
धादिङ – नेपाल नेत्र ज्योति संघ, धादिङले आफ्नो तेस्रो साधारण सभाको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम आगामी भदौ २१ गते शनिबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म धादिङको सिरानबजारस्थित क्रिक रिसोर्ट, नीलकण्ठ–४ मा हुने छ। रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग गर्ने जनाएको छ। “रक्तदान, जीवनदान” नारासहितको यस अभियानमा स्थानीय दाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा आयोजक नेपाल नेत्र ज्योति संघ, धादिङले गरेको छ।
धादिङ — शिक्षक सरुवासम्बन्धी समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ धादिङ र प्रेस चौतारी नेपाल धादिङले तीव्र विरोध जनाएका छन्। महासंघ र चौतारीले जारी गरेका विज्ञप्तिहरूमा पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराई फोनमार्फत समेत धम्की दिएको घटना निन्दनीय र प्रचलित कानुन तथा प्रेस स्वतन्त्रताको प्रत्यक्ष उल्लङ्घन भएको भन्दै आपत्ति प्रकट गरिएको छ। गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको उल्लेख विज्ञप्तिमा गरिएको छ। विषयगत सरुवापछि…
धादिङ । ९ भदौ नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम भएको छ । प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो र सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा रहे । विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको वडाले जनाएको छ । यसैबीच, तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडाले सम्मान गरेको हो । वडा अध्यक्ष हरि श्रेष्ठले परम्परा तथा मौलिक पर्व तीजलाई जोगाइ राख्न र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता…
धादिङ, भदौ ९ । हरितालिका तीजको अवसर पारेर नीलकण्ठ नगरपालिका–४ नं वडा कार्यालयले वडास्तरीय तीज गीत प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ९ गते सोमबार बिहान १० बजे श्री गैरिगाउँ माध्यमिक विद्यालयको प्राङ्गणमा हुने वडा कार्यालयले जनाएको छ । “सामाजिक विकासमा महिलाको भूमिका” शीर्षकमा आधारित हुने प्रतियोगितामा अधिकतम ४ जना सम्मको समूहले सहभागी हुन सक्नेछन् । समूह दर्ता शुल्क २०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्नुपर्ने अन्तिम मिति साउन ८ गते साँझ ५ बजेसम्म तोकिएको छ । प्रतियोगितामा पहिलो हुने समूहलाई ६ हजार रुपैयाँ, दोस्रो हुनेलाई ४ हजार रुपैयाँ, तेस्रो हुनेलाई २ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार अन्तर्गत…
धदिङ , ६ भदौ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका ६ स्थानीय तहहरूलाई राष्ट्रिय स्तरमा सम्मान गरेको छ नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार, “अङ्कको उत्कृष्टता अवस्था होइन तर सीमित स्रोत र साधनको सही व्यवस्थापनको परिचायक हो।” सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता जस्ता सूचकहरूमा नगरपालिकाले उच्च प्रदर्शन गरेको बताउनु भएको छ । यस सफलताको पछाडि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहभागिता, पारदर्शिता, जवाफदेहिता, र सेवा प्रवाहमा सुधारले महत्वपूर्ण भूमिका रहेको मेयर भिम प्रसाद…
धादिङ, ६ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा धादिङको बेनीघाट रोराङ गाउँपालिका यस वर्ष पनि देशकै उत्कृष्ट गाउँपालिका बनेको छ । ९१.७५ प्रतिशत अंकसहित बेनीघाट रोराङ पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौतारी गाउँपालिका तेस्रो स्थानमा परेका छन् । नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पद्मा अर्यालले उत्कृष्ट पालिकालाई सम्मानित गर्नुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच पनि जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासले…
धुन्चे, रसुवा – २०८२ साउन २३ गते गोसाइँकुण्डमा प्रत्येक वर्षझैं यस वर्ष पनि जनै पूर्णिमाको अवसरमा विशाल मेला लागेको छ। गोसाइँकुण्ड तिर्थ स्थलमा आज बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ। तीर्थ स्नान तथा धार्मिक अनुष्ठानका लागि देशका विभिन्न भागबाट आएका हजारौं भक्तजनहरू गोसाइँकुण्ड पुगिरहेका छन्। भक्तजनहरू बिहान सबेरैदेखि कुण्डमा स्नान गरी शिवजीको पूजा-अर्चना गर्दै तिर्थको महत्व सम्झिरहेका छन्। हिमाली क्षेत्रको कठिन यात्रा पार गर्दै आएका तीर्थयात्रीहरू भक्तिभावका साथ कुण्डमा डुबुल्की मारिरहेका छन्। “गोसाइँकुण्ड तिर्थ गर्न ढुक्कसँग आउनुहोस्, सुरक्षा तथा व्यवस्थापनको पूर्ण तयारी गरिएको छ,” भने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले। सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने स्वास्थ्य तथा उद्धार टोलीहरू…
धादिङ – ११ साउन धादिङ जिल्ला प्राकृतिक स्रोत–साधनले भरिपूर्ण जिल्ला हो, विशेषतः यहाँको गिट्टी–बालुवाले काठमाडौँ उपत्यकाको धेरैजसो घर–निर्माणमा योगदान पुर्याएको छ। हाल गजुरी गाउँपालिका–५ स्थित बाङेमुडेमा दैनिक रूपमा ठाउँ ठाउँ मा २५ /३० जना भन्दा बढि युवाहरू त्रिशूली नदीबाट बालुवा निकाल्ने कार्यमा व्यस्त छन्। असार, साउन र भदौ महिनालाई बालुवा निकाल्ने मुख्य सिजन मानीन्छ। एक युवाका अनुसार, “अहिले बालुवा झिक्न सजिलो समय हो। एक गाडी बालुवा भरेबापत हामीलाई ७,००० रुपैयाँसम्म आम्दानी हुन्छ।” तर यो कार्य पूर्ण सुरक्षित भने छैन। त्रिशूली नदीको तीव्र बहाव, चिसो पानी र जोखिमपूर्ण वातावरणबीच पनि उनीहरू काम गरिरहेका छन्। यसैबीच, एक भू–स्रोत विज्ञका अनुसार, “चिसो पानीले…
धादिङ, ९ साउन । धादिङमा ८३ वर्षीय वरिष्ठ कवि नन्दप्रसाद अधिकारीद्वारा रचित “नन्दानुभूति” कविता संग्रहको बिमोचन गरिएको छ। धादिङका साहित्यप्रेमी तथा स्रष्टाहरूको उपस्थितिमा उहाकै निजि निवास नीलकण्ठ नगरपालिका -७ तल्लो बेसीमा आयोजित कार्यक्रममा यस कृति सार्वजनिक गरियो। कार्यक्रममा विभिन्न स्थानीय साहित्यिक व्यक्तित्वहरूले अधिकारीको कवितामा व्यक्त भावना, अनुभूति र समाजप्रति गरिएको प्रहारको सराहना गरेका थिए। “नन्दानुभूति” मा जीवनका गहिरा अनुभूति, सामाजिक सन्देश, गाउॅले परिवेस र राष्ट्रप्रेम झल्कने कविता समावेश गरिएको छ। कवि अधिकारीले लामो समयदेखि साहित्य साधनामा सक्रिय रही थुप्रै सृजनाहरूमार्फत पाठकको मन जित्दै आएका छन्। बिषेश गरेर उहॅाके सिलोक भाका चर्चामा छ । विमोचन कार्यक्रममा उनले केहि सृजनाहरु वाचन गर्दै…