Skip to main content

Sacho TV

धादिङको बेनीघाट रोराङ गाउँपालिका फेरि देशकै उत्कृष्ट

धादिङ, ६ भदौ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा धादिङको बेनीघाट रोराङ गाउँपालिका यस वर्ष पनि देशकै उत्कृष्ट गाउँपालिका बनेको छ ।

९१.७५ प्रतिशत अंकसहित बेनीघाट रोराङ पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो र स्याङ्जाको अर्जुनचौतारी गाउँपालिका तेस्रो स्थानमा परेका छन् । नगरपालिकामध्ये धादिङकै नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशत अंकसहित समग्र देशकै उत्कृष्ट बनेको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पद्मा अर्यालले उत्कृष्ट पालिकालाई सम्मानित गर्नुभयो ।

बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कठिन भौगोलिक अवस्था र सीमित स्रोतबीच पनि जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासले पालिका उत्कृष्ट बन्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...