धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
कारागारका कैदीहरूले केही दिनअघि खानेकुरा र लत्ताकपडा जलाएपछि समस्या थपिएको थियो। यस्तै, ताला चावी फुटाएर भाग्न खोज्ने क्रममा कैदी र सुरक्षाकर्मीबीच भएको झडपमा सेनाको गोलीबाट २ जनाको कैदीको निधन भएको छ भने ७ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भईरहेको छ
यस्तो परिस्थितिमा रेडक्रसले कम्बल, बाल्टिन र जग उपलब्ध गराएको हो। जिल्ला रेडक्रसका सभापति दुर्लभ कुमार तामाङ, मन्त्री नेम कुमार श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यालय प्रमुख आगमन खतिवडाले कारागार प्रशासक सरस्वती अधिकारीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
कारागार प्रशासनले हालको संकट समाधानमा सहयोग पुगोस् भन्ने आशा व्यक्त गरेको छ।
