Skip to main content

Sacho TV

धादिङको नीलकण्ठ–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,२ सय ३६ जनाले लिए स्वास्थ्य सेवा

धादिङ, नीलकण्ठ नगरपालिका वडा नं. ४ पौवास्थित श्री गैरीगाउँ माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा, आधारभूत स्वास्थ्य केन्द्रको सहआयोजनामा तथा महाराजगञ्ज मेडिकल क्याम्पसको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा २ सय ३६ जनाले स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा १ सय ५६ महिला र ८० पुरुषले आँखा, दन्त, छाला, महिला स्वास्थ्य लगायत विभिन्न रोगहरूको परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए।

वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार वडावासीलाई सहज रूपमा रोगको पहिचान गरी समयमा उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। नियमित स्वास्थ्य परीक्षणले रोगको समयमै पहिचानमा सहयोग गर्ने भएकाले शिविर महत्वपूर्ण रहेको उहाँले बताए।

डा. अभिषेक महतका अनुसार शिविरमा सुगर र प्रेसरका बिरामी बढी देखिएका छन्। बिरामीलाई औषधि सेवा लिनेदेखि सावधानी अपनाउने तरिकासम्मका आवश्यक जानकारी दिइएको पनि उनले बताए।

शिविरमा सहभागि स्थानीयले निःशुल्क उपचारले धेरैलाई राहत पुगेको बताउँदै भविष्यमा पनि यस्ता स्वास्थ्य शिविर नियमित रूपमा सञ्चालन गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...