Skip to main content

Sacho TV

नीलकण्ठ-४ मा तीज गीत प्रतियोगिता सम्पन्न, राधाकृष्ण आमा समूह प्रथम

धादिङ ।  ९ भदौ  नीलकण्ठ नगरपालिका–४ ले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूह प्रथम भएको छ ।
प्रतियोगितामा भगवती आमा समूह दोस्रो, शुभकर्म आमा समूह तेस्रो र सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा रहे ।

विजयी समूहलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको वडाले जनाएको छ ।

यसैबीच, तीज विशेष प्रस्तुति प्रस्तुत गर्ने गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडाले सम्मान गरेको हो ।

वडा अध्यक्ष हरि श्रेष्ठले परम्परा तथा मौलिक पर्व तीजलाई जोगाइ राख्न र पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै, नगर प्रमुख भीम प्रसाद ढुंगानाले यस्ता कार्यक्रमले पुस्तान्तरणमा ठूलो भूमिका खेल्नुका साथै लुकेर रहेका प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतियोगिताको निर्णयक मण्डलमा पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष एवंम रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, महिला अधिकारकर्मी गायत्री खतिवडा, नीलकण्ठ वाल मन्दिर माविका नृत्य प्रशिक्षक पुजा राना ठकुरी रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...