Sacho TV

गजुरीको त्रिशूली नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै युवाहरु

धादिङ – ११ साउन

धादिङ जिल्ला प्राकृतिक स्रोत–साधनले भरिपूर्ण जिल्ला हो, विशेषतः यहाँको गिट्टी–बालुवाले काठमाडौँ उपत्यकाको धेरैजसो घर–निर्माणमा योगदान पुर्याएको छ।

हाल गजुरी गाउँपालिका–५ स्थित बाङेमुडेमा दैनिक रूपमा ठाउँ ठाउँ मा २५ /३० जना भन्दा बढि युवाहरू त्रिशूली नदीबाट बालुवा निकाल्ने कार्यमा व्यस्त छन्। असार, साउन र भदौ महिनालाई बालुवा निकाल्ने मुख्य सिजन मानीन्छ।

एक युवाका अनुसार, “अहिले बालुवा झिक्न सजिलो समय हो। एक गाडी बालुवा भरेबापत हामीलाई ७,००० रुपैयाँसम्म आम्दानी हुन्छ।”

तर यो कार्य पूर्ण सुरक्षित भने छैन। त्रिशूली नदीको तीव्र बहाव, चिसो पानी र जोखिमपूर्ण वातावरणबीच पनि उनीहरू काम गरिरहेका छन्।

यसैबीच, एक भू–स्रोत विज्ञका अनुसार, “चिसो पानीले चिप्लो बालुवा गाडीमा हाल्दा ढुवानी मार्गमा पानी चुवाउने सम्भावना उच्च हुन्छ। यसले सडक बिग्रिने खतरा निम्त्याउँछ।”

स्थानीय युवाको जोश, आयआर्जनको विकल्प र निर्माण क्षेत्रको आवश्यकताबीच समन्वय गर्न जरुरी देखिएको छ। यस कार्यलाई व्यवस्थित गर्न स्थानीय सरकारले उचित नीति, सुरक्षाका उपाय र पूर्वाधार निर्माणमा ध्यान दिन सके जनशक्ति सुरक्षित रहने र स्रोतको दिगो उपयोग सुनिश्चित हुने विज्ञहरूको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...