Skip to main content

Sacho TV

Day: २०८२ श्रावण १२, आईतवार

गजुरीको त्रिशूली नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै युवाहरु

गजुरीको त्रिशूली नदीबाट जोखिम मोलेर बालुवा निकाल्दै युवाहरु

धादिङ – ११ साउन धादिङ जिल्ला प्राकृतिक स्रोत–साधनले भरिपूर्ण जिल्ला हो, विशेषतः यहाँको गिट्टी–बालुवाले काठमाडौँ उपत्यकाको धेरैजसो घर–निर्माणमा योगदान पुर्याएको छ। हाल गजुरी गाउँपालिका–५ स्थित बाङेमुडेमा दैनिक रूपमा ठाउँ ठाउँ मा २५ /३० जना भन्दा बढि युवाहरू त्रिशूली नदीबाट बालुवा निकाल्ने कार्यमा व्यस्त छन्। असार, साउन र भदौ महिनालाई बालुवा निकाल्ने मुख्य सिजन मानीन्छ। एक युवाका अनुसार, “अहिले बालुवा झिक्न सजिलो समय हो। एक गाडी बालुवा भरेबापत हामीलाई ७,००० रुपैयाँसम्म आम्दानी हुन्छ।” तर यो कार्य पूर्ण सुरक्षित भने छैन। त्रिशूली नदीको तीव्र बहाव, चिसो पानी र जोखिमपूर्ण वातावरणबीच पनि उनीहरू काम गरिरहेका छन्। यसैबीच, एक भू–स्रोत विज्ञका अनुसार, “चिसो पानीले…
Read More
भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

भारतको राष्ट्रिय कराते च्याम्पियनसिपमा एड्भान्स एकेडेमीका युनिक तामाङको दोहोरो स्वर्ण जित !

धादिङ, नेपाल — भारतको पंजाब राज्य, कपुरथलामा सम्पन्न १९औं राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा धादिङको एड्भान्स एकेडेमीका कक्षा ७ का विद्यार्थी युनिक तामाङले दुबै विधामा स्वर्ण पदक जितेर नेपाललाई गौरव दिलाएका छन्। ३० केजी तौल समूह अन्तर्गत काटा र कुमुते दुवै विधामा उनले अव्वल स्थान हासिल गर्दै २ वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएका हुन्। प्रतियोगिता जुलाई २६ र २७ मा भारतको कपुरथलास्थित धर्मसभामा सम्पन्न भएको थियो। नेपालबाट युनिकसँगै उनका प्रशिक्षक शक्ति तामाङले सहभागीता जनाएका थिए। उक्त च्याम्पियनसिपमा भारतका विभिन्न राज्यहरूका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहेको थियो, जसले युनिकको जितलाई झन् उल्लेखनीय बनाएको छ। उनको यो सफलतापछि स्थानीय समुदायदेखि…
Read More