Sacho TV

घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नं २ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। ग्यास सिलिन्डर लिक भई घरमा आगलागी हुँदा घरधनी जयप्रकाश राई  घाइते भएका छन् । उनको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिए ।

 

घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन् । राईको घरमा मंगलबार अपराह्न ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ ।

घरभित्र राखिएको ग्यास पड्किएकाले ग्यास लिक भएर आगो सल्केको हो कि ? भनेर अनुमान गर्न सकिने साहले बताए । यद्यपि आगलागीको कारण यकिन नभएको उनको भनाइ छ ।

आगोले शरीरका विभिन्न भागमा जलेका राईको अवस्था गम्भीर रहेकाले पाँचथरमा उपचार सम्भव नभएपछि झापातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

आगो फिदिम नगरपालिकाका दुइटा दमकलसहित स्थानीय, सेना,प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...