Sacho TV

पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा झडप,चारजना घाइते

 

ताप्लेजुङ  कार्तिक २३।।    ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका लागि  सिल्यानास गर्न क्रममा काफ्ले पार्टीमा शुक्रबार दुईपक्षबीच झडप भएको  छ।
केवलकार निर्माणको लागि सिल्यानास गर्न लगिएको एक्स्काभेटरलाई केवलकार निर्माणका विरुद्धमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति र्सिजना भएको हो ।

उक्त स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर  अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो।
त्यसपछि केवलकार निर्माणका पक्ष र विपक्षबीच ढुङ्गा हानाहान भएको हो  ।
उक्त झडपलाई नियन्त्रणका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी  घाइते भएका छन्। घाइते हुनेमा केवलकार निर्माण विरुद्धका अगुवाई गर्ने मध्य एक चन्द्र मादेन ,मनकुमार लिम्बु र अन्य दुईजना रहेका छन्।
मादेनको टाउकोमा चोट लागेको छ । उहाँलाई प्रहरीको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ।
त्यस्तै कुमको छेउमा खुकुरी प्रहार भई घाइते भएका लिम्बुलाई पनि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको बताइएको छ। अन्य दुईजनाको बारेमा भने थप जानकारी आउन बाँकी रहेको छ।
करिब ७ मिनेट दोहोरो ढुङ्गा हानाहान भएको थियो। अहिले भने काफ्ले पार्टीको स्थिति सामान्य भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...