Skip to main content

Sacho TV

आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास सार्वजनिक

 

बिर्तामोड कार्तिक २३।। आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको  एक समारोहका बीच आज झापाको बिर्तामोडमा विमोचन गरीएको छ ।

क्यान्सर रोग बाट ग्रसित  शिक्षक समेत रहेका लेखक बुढाथोकीको  चार बर्षको प्रयासपछि प्रकाशन गरिएको कृतिको शुक्रबार बिर्तामोडमा विमोचन गरिएको हो ।

झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासी लगायत सम्पूर्ण विशिष्ट व्यक्तिहरूले संयुक्त रुपमा ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् ।

मेची क्याम्पसका प्राध्यापक तारा विविध, मधु केरुङ, प्राडा बद्री विलास पोखरेल, प्राडा टंक न्यौपाने र डा. बालचन्द्र सुब्बा लगायतले पुस्तकको समिक्षा गरेका थिए ।

कार्यक्रममा कवि तथा गजलकार रिता पोखरेलले लखकको जिबनी  प्रस्तुत गरेकी थिइन् भने साहित्यकार तथा सञ्चारकर्मी केशव आचार्यले धन्यवाद मन्तव्य राखेका थिए  ।

झापाली साहित्य समाजका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा डा. कुमार सुवेदीले सहभागीहरुलाई स्वागत गरेका थिए।उक्त कार्यक्रमलाई पुरुषोत्तम ढुङ्गेलले सञ्चालन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...