Sacho TV

बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु

 

बिर्तामोड, ६ मंसिर ।।  बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर सुरु भएको छ ।
नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो ।

एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनु भयो । छाडा कुकुरकाकारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुनेगरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनुभयो । बिर्तामोडमा सामुदायिक कुकुरको वन्धायकरण हरेक वर्ष हुँदै आएको छ । यस वर्ष हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलव्ध गराएको छ । यस संस्थाका चिकित्सक सहित १२ जना भन्दा बढी जनशक्ति यस शिविरमा खटिएका छन्।

यस वर्ष ५ लाख रुपैयाँ बजेट यस शिर्षकमा छुट्टिएको र सोहि अनुसार शिविर सञ्चालन गरीएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कुकुर वन्ध्याकरणको खर्च दुई हजार ६५० रुपैयाँ हुने गरेको छ ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...