Sacho TV

लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान सुरु

 

बिर्तामोड, ११ मंसिर ,।। बिर्तामोड नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार कार्यक्रम गरेको छ ।

नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अभियान अन्तर्गत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा बिर्तामोडमा कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मर्यादित समाज निर्माणको लागि कोहि कसैले अर्कोमाथि हिंसा गर्न नहुने धारणा राख्नु भयो । उहाँले लैङ्गिक विभेद सामाजिक अपराध रहेकोले सबै सचेत हुनु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट, मेची महाकाली बुहारी संयुक्त आवाज झापा संयोजक गंगा भट्टराई, बिरता लेडि जेसिसकी अध्यक्ष मेनुका ओलीले लैंगिक हिंसा रोक्न सबैले आ-आफ्नै ठाउँबाट सक्दो प्रयास गर्नु पर्नेमा जोड दिनुभयो।

नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल कुमार शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, निर्मला सुनार, जगतबन्धु राजवंशी, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायत नगरका कर्मचारी र विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । सोमबार साँझ नगरपालिकामा दिप प्रज्जवलनसमेत गरिएको छ ।

नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...