Sacho TV

बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम हुदै

 

बिर्तामोड, १५ मंसिर ।।  बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ ।

शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ ।

यस्तै वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक र वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा प्राइम लगाउने काम सम्पन्न भएको छ । उक्त सडकमा भोलिदेखि नै कालोपत्रेको काम सुरु गर्ने ठेकेदार नयन बरालले जानकारी दिनुभयो ।
यस्तै पूर्व पश्चिम राजमार्गबाट दक्षिण ‘बुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ताबजार जोड्ने सडकको एक हजार २४० मिटर सडक निर्माण कार्य भईरहेको छ । बाँकी रहेको ६२० मिटर सडक खण्डको भेरियसन गरी निर्माण गर्ने व्यवस्था मिलाउने कार्य भईरहेको नगरपालिकाले जनाएको छ ।

सोही योजना अन्तर्गत वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा एउटा भवन निर्माणधिन अवस्थामा छ । सामुदायिक भवनको करिब ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार बरालले जानकारी दिनुभयो ।

सबै योजनाको गत भदौ २० गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले एकमुष्ठ शिलान्यास गर्नु भएको थियो । ७ वटै योजनाको एकीकृत रुपमा शान्ति उद्धेश्य निर्माण सेवाले
भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ । ठेकेदार बरालले आगामी बैशाखसम्ममा सबै काम सम्पन्न गर्ने जानकारी दिनुभयो ।

निर्माणधिन योजनाहरुको नगर प्रमुख प्रसाईले नियमितरुपमा अनुगमन गर्दै आउनु भएको छ । उहाँले हर्कलाल मार्ग, गोकुल जोशी मार्ग लगायत विभिन्न नगर स्तरीय योजनाहरुको काम अघि बढीरहेको जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...