Sacho TV

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 

बिर्तामोड ।।  पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो साढे १२ वजे बागमती प्र–०१–००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोसा चालक भद्रपुर नगरपालिका–१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ वजे मृत्यु भईसकेको घोषणा गरेको प्रहरीको भनाई छ ।

बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका–६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव, बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...