Sacho TV

अनियन्त्रित बसले अन्य सवारी साधनलाई ठक्कर दिँदा ५ जना घाइते।

 

झापा मंसिर २९।।    यात्रुवाहक बसले नियन्त्रण गुमाउँदा झापाको कमल गाउँपालिका स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको छ। यात्रुवाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका-५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो ।

सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका-३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय राम गुरागाईँ, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका ३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक सङ्खुवासभा थोतखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन् ।

सामान्य घाइतेहरूको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...