Skip to main content

Sacho TV

बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

 

बिर्तामोड, ३० मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गर्नु भयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा जग्गादाता तोमप्रसाद पाठक र तुलसा पाठकलाई नगर प्रमुख प्रसाईले खादा लगाएर सम्मान गर्नु भयो ।

वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षतामा आयोजित भवन उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, वडासदस्य कल्पना राजवंशी, एमाले नेता लक्ष्मी मोते, विष्णुमाया कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...