Sacho TV

सामाजिक सञ्जालमा विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको छ ।

पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न मन्त्रालयले अनुरो गरेको हो।

सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिएका छन् ।

परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता व्यवस्था भए पनि त्यस्तो विवरण नराखेको भ्रामक सामग्री धेरै पाइएको उनी बताउँछन्। सूचनामा आचारसंहिता विपरीत सामग्री प्रकाशन गरेमा कारबाही गर्ने उल्लेख छ ।

उता आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ६ सय ६१ जना विद्यार्थी अध्ययनका लागि विदेश जाँदा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

ठूलो सङ्ख्यामा विद्यार्थी जाने क्षेत्रको भ्रामक प्रचारका कारण ठगिने क्रम बढ्ने मन्त्रालयको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...