Sacho TV

चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश

 

पाँचथर पुस १२।।   झापाकपको उपाधि जितेको एक साता न भाबित्दै चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । खेलमा सुरुवाती अग्रता भने आयोजक फिदिम स्पोर्टिङ क्लबले लिएको थियो ।

खेलको ४३औँ मिनेटमा दिनेश शेर्माले गोल गर्दै फिदिम स्पोर्टिङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आयोजक क्लबले अग्रतालाई धेरै समय टिकाउन सकेन । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चर्च ब्वाइजले थप दुई गोल गरेको थियो । खेलको ६२औँ मिनेटमा अर्मान्ड बेडुमले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८४औँ मिनेटमा फोफोना अबयोमीले गोल गरेपछि चर्च ब्वाइज आयोजक फिदिम स्पोर्टिङ क्लबमाथि ३-१ गोलअन्तरको जित निकाल्न सफल भएको हो । खेलमा म्यान अफ दी म्यान चर्च ब्वाइजका फोफोना घोषित भए ।

चर्च ब्वाइजले अब उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको विजेताको खेल्ने छ । दोस्रो सेमिफाइनलमा शनिबार मच्छिन्द्र फुटबल क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...