Sacho TV

चिलिङदिनमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

 

पाँचथर पुस १० ।।  पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदिन बरडाँडामा उधौलीपर्व चासोक तङनामको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ

पूर्वका चर्चित ९ वटा भलिबल टिमहरू सहभागी भएको खेलमा फाइनल प्रतिस्पर्धी पूर्व क्षेत्रीय प्रहरी टिम रानी विराटनगरलाई अन्तिम सेटमा पछि पार्दै आयोजकले उपाधि जितेको हो।

उपाधिसँगै आयोजकले नगद ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पुलिस टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो

अत्यन्तै रोचक बनेको फाइनल खेलमा दुवै टोलीले दुईदुई सेट जितेपछि अन्तिम सेटमा पुलिसलाई १५-१३ ले पछि पार्दै आयोजक च्याम्पियन भएको हो। सेमिफाइनलमा अर्को बलियो टोली pyc चिलिङदिन लाई पराजित गर्दै आयोजक फाइनल पुगेको थियो। त्यस्तै दोस्रो सेमिफाइनल खेलमा वारङ्गी मोरङलाई हराउँदै पुलिसले आयोजकसँगको फाइनल भेट पक्का गरेको हो।

प्रदीप कट्टेल कृष्ण चापागाईं, गिरिराज श्रेष्ठ संयोगहाङ नेम्बाङ जस्ता पूर्वका चर्चित खेलाडी लिएर आयोजक मैदानमा उत्रिएको थियो भने पुलिस टिममा पनि देबेन चेम्जोङ बालकुमार रायमाझी अम्बिका खत्री जस्ता खेलाडीहरु सहभागी थिए

पौष ७ गतेदेखि १० गतेसम्म आयोजित चासोक तङनाम मेला तथा भलिबल प्रतियोगितामा भलिबल खेलसँगै अन्य विविध सांगीतिक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। आदिवासी जनजाति  महासंघ चिलिङदिनका अध्यक्ष अगमबहादुर नेम्बाङको सभापतित्व तथा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष ब्रिजहाङ आङदेम्बेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा  उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ र फाल्गुनन्द गाउँपालिका वडा नं चारका वडाध्यक्ष दल बहादुर नेम्बाङको विशिष्ट अतिथ्यता रहेको थियो।

सोही कार्यक्रममा विभिन्न समूहहरूले धान नाच च्याब्रुङ नाच, साकेला नाच, पालाम नाच प्रस्तुत गरेका थिए। सहभागी टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि वृजहाङ  आङदेम्बे लगायत अतिथिहरुले सम्मानपत्र प्रदान गरेका थिए। सोही साँझ नेपालका चर्चित कलाकारहरू तारा प्रकाश लिम्बु बबिना किराती पालाम गायिका मनु नेम्बाङ आईन्द्र नेम्बाङ , बिरु थेगिमले आफ्ना गीतसंगीत प्रस्तुत गरेर दर्शकलाई नचाएका थिए भने डान्सर सरस्वती धिमालको डान्सले दर्शक दीर्घालाई मन्त्रमुग्ध बनाएको थियो।

 

नामसामी केसामी केलाङ समूह र आदिवासी जनजाति महासङ्घ चिलिङ्देनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई  सम्झना योङहाङ र छत्र नेम्बाङले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...