Skip to main content

Sacho TV

नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने

 

काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् ।

‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’

उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त सैनिक संगठनसहितलाई एक ठाउँमा राखेर नयाँ पुस्ताको जीवन सुरक्षित बनाउन लागेको पनि बताएका छन् । उनले देशभक्तहरू सबैको सम्मान गर्ने पनि बताए । रावलले वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।

‘भ्रष्टाचार कुशासन, स्वेच्छाचारी क्रियाकलापविरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनुपर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवम् हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ’, उनले भने, ‘मातृभूमि अभियान सञ्चालन गरि देश र जनताको हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति, समुदायलाई एकतावद्ध गर्नुपर्छ ।’

उनले पत्रकार सम्मेलनका क्रममा देश र जनताले भोगिरहेका समस्या समाधानका चुनौतीको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनने बताए ।

‘स्वदेश र प्रवासमा रहेका नेपालीहरूको आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन् र विश्लेषण गर्दै राज्य राजनीतिलाई त्यसको सोवमा समर्पित गर्नुपर्छ’, उनले भने, ‘देशको जनशक्ति र प्रकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति, निर्णयमा स्थापित गर्नुपर्छ ।’

रावलले राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधनमात्रै हुने बताए । ‘देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अबलम्बन् गर्नुपर्छ । राजनीतिक दल र राज्यका सबै अवयव् र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित परिचालित र सञ्चालित हुनुपर्छ’, रावलले थपे, ‘यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोम निस्वार्थ रुपमा दृढताका साथ अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...