Sacho TV

बिर्तामोडमा  अन्तर्राष्ट्रिय व्यापार महोत्सव शुरु, मुख्यमन्त्री कार्कीद्वारा महोत्सवको उद्घाटन

 

झापाको बिर्तामोडमा  अन्तर्राष्ट्रिय व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो ।

सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्तर्देशीय राजमार्ग एसियन हाइवेको निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।

प्रदेश सरकारले २०८० साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । स्थानीय उत्पादन र स्वरोजगार मुलक उद्यमको प्रर्वद्धनमा  पर्यटन वर्षले थप टेवा दिने उहाँले विश्वास दिलाउनुभयो । लगानी सम्मेलन र चिया सम्मेलन समेत गरिने आगामी वर्ष दश करोड भन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई उहाँको आग्रह छ ।

उहाँले कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि जानकारी गराउनुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रर्वद्धन तथा होटल व्यवसाय सहयोगी बन्न सक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...