Sacho TV

बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

 

मेचीनगर। बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्नो दोस्रो कार्यक्रमका रुपमा आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई समेत संलग्न गराउँदै “pree- induction & lom officer ” तालिम सम्पन्न गरेको छ। आज शनिबार बाहुणडाँगी स्थित भिरपाखा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो ।

जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रशिक्षक चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल रहेका थिए। तालिमले व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले जेसीज बारे जान्ने अबसर तथा आफ्नो काम, कर्तव्य र अधिकार बारे जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए।

उक्त कार्यक्रममा चारआली जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार जेसी विवेक सुन्दासले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा बाहुण्डाँगी जेसीज बर्ष २०२५ को सिङ्गो बोर्ड , जेसीज सदस्य हरु र अन्य स्थानीय व्यक्तित्वहरुको समेत सहभागिता रहेको अध्यक्ष चम्लागाईँले बताए ।

महासचिव जेसी सुस्मा मिश्रले सञ्चालन गरेको कार्यक्रममा संयोजक जेसी सामुल रायाले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईले कार्यक्रम माथि प्रकाश पारेका थिए। कार्यक्रममा पुर्ब अध्यक्ष केवल निरौला र प्रमुख अतिथि हेमराज कार्कीले शुभकामना मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष जेसी देबु बानियाँले धन्यवाद मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...