Sacho TV

न्यूटन्स एजुकेशनद्वारा बार्षिक उत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिहरूलाई सम्मान

 

बिर्तामोड माघ १८।। न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ।

झापाको बिर्तामोड–५ मा रहेको एकेडेमीले बिहीवार विद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाउदै  विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक , पूर्व विद्यार्थीहरू र समाजमा विशेष योगदान पुर्‍याउने सामाजिक व्यक्तिहरूलाई सम्मान गरेको हो।

सोही अवसरमा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । यसैगरी विद्यालयलाई सँधै सरसल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावकका रुपमा सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएको छ ।त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजी प्रमुख डा. सीमा प्रधानलाई सम्मान गरेको छ।

सामाजिक क्षेत्रमा क्रियाशील न्यूटन्सका पूर्व विद्यार्थीहरुलाई पनि कदरपत्रद्वारा सम्मान गरिएको छ। उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्की, विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाई, बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायतले कदरपत्रसहित दोसल्ला र मायाको चिनोसहित सम्मान गरेका हुन्।

विद्यालयले प्राथमिक तह साँस्कृतिक कार्यक्रमसहित २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । त्यसैगरी आज माघ १८ गते माध्यमिक तह सांस्कृतिक कार्यक्रमसहित हरिकुमार प्रसाई स्मृति अन्तर विद्यालय म्याथ हाजिर जवाफ प्रतियोगिता समेत आयोजना गरिएको प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाभन्दा बाहिर पहिलोपटक गणित विषयलाई मात्रै समेटेर हाजिर जवाफ प्रतियोगिता गर्न लागिएको र उक्त प्रतियोगितामा झापाका ५० बढी विद्यालयका विद्यार्थीहरू सहभागी रहने  स्वागत मन्तव्यसहित बिद्यालयको गतिबिधिबारे प्रकाश पार्दै प्रिन्सिपल हुमागाईंले  बताउनुभयो।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।प्रमुख अतिथि मन्त्री कार्की, नगर शिक्षा प्रमुख तिलचन भण्डारी, डा. प्रियङ्का कार्कीले शुभकामना मन्तव्य राखेको  कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...