Sacho TV

नव ज्योति च्यालेन्ज कपमा प्लानिङ ब्वाइज सेमिफाइनलमा

 

बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ ।

आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

मानेभञ्ज्याङलाई ४–० को गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो ।

प्लानिङ ब्वाइजका लागि खेलको पहिलो मिनेटमा राजेश शाहले गोल गरे । त्यस्तै, १७ औँ मिनेटमा प्रताप राई, ५४ औँ मिनेटमा सरोज कार्की र ६५ औँ मिनेटमा अर्जुन राना मगरले गोल गरे ।

खेल अवधिभर प्लानिङ ब्वाइजले मानेभञ्ज्याङलाई दबाबमा राखेको थियो । खेलको प्लेयर अफ द म्याच भए प्रताप राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।

प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब र न्यु स्टार एफसी सुनसरीबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...