Sacho TV

आज भ्यालेन्टाइन डे विश्वभरि प्रेम सद्भाव र विश्वास साटासाट गरी मनाइँदै

 

झापा । प्रत्येक वर्ष फेब्रुअरी १४ तारिखका दिन विश्वभर प्रणय दिवस (Valentine’s Day) उत्साहका साथ मनाइन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा युवापुस्तामाझ यो दिवसको लोकप्रियता बढ्दै गएको छ।

प्रणय दिवस प्रेम, आत्मीयता र विश्वासको प्रतीकका रूपमा लिइन्छ। यस दिन विशेषगरी प्रेमी-प्रेमिकाहरूले एकअर्कालाई उपहार, फूल र चकलेट आदानप्रदान गर्दै आफ्नो सम्बन्धलाई थप मजबुत बनाउने गर्छन्।

प्रणय दिवसको सुरुवातको इतिहास रोमन साम्राज्यतर्फ फर्किन्छ। सन् २६९ तिर रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक युवाहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइन (Saint Valentine) नामक एक इसाई पादरीले भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको अलग–अगल विचार ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा थियो । राजाको उर्दी अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए ।

फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन दिवस मनाउने मुख्य आधार हो । उनले उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरितमात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिकस्थलमै सामूहिक विवाह कार्यक्रमसमेत सम्पन्न गरेका थिए ।

त्यो दिन नै भ्यालेन्टाइन दिवसका रूपमा विख्यात भयो। यही कारण उनलाई जेल हालिएको थियो। फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको विश्वास गरिन्छ। उनको बलिदानको सम्झनामा विश्वभर प्रणय दिवस मनाउने चलन बसेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...