Sacho TV

दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी, छ जनाको मृत्यु…..

काठमाडौं। फागुन २।। दक्षिण कोरियाको बुसान शहर स्थित एक निर्माणाधीन होटलमा आगलागीमा परी ६ जनाको ज्यान गएको छ ।आगलागी ‘बनयान ट्रि होटल’ मा बिहान भएको हो।घटनामा सात जना घाइते भएका छन् ।

आगलागी हुँदा झन्डै एक सय जना कामदार होटलमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरु भएको हुन सक्ने कामदारले बताएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

यसैगरी दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले खोजी र उद्धार कार्यमा तिब्रता दिन र क्षति हुन नदिन सुरक्षाको हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

आगो झन्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...