Sacho TV

शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका फाइनल प्रवेश

 

मङ्गलबारे फागुन ७ ।।  शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ  मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले  अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो हाफको १७ औं  दोस्रो हाफको ४९औँ र ६४ औं  मिनेटमा गोल गर्दै सूर्योदय नगरपालिका जर्सी नम्बर १० का शेखर राईले ह्याट्रिक पूरा गरे।

पराजित रोङ गाउँपालिकाका लागि पहिलो हाफमा शिशिर राईले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।  दोस्रो हाफको १२औं मिनेटमा क्याप्टेन पुजन राई गोल गर्नबाट चुके दोस्रो हाफको अन्त्यतिर जर्सी नम्बर ११ का सुयोग राई वन भर्सेस वानमा गोल गर्नबाट चुकेका थिए। उनले डिबक्समा पाएको बललाई प्रहार गर्न केही ढिला गर्दा डिफेन्डरले बल क्लियर गरिदिएका थिए। त्यसपछि केही अवसर पाएपनि गोल गर्न नसकेपछि पराजय भोग्दै रोङ गाउँपालिका प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन सहित आफ्नो टोलीलाई फाइनल पुर्याउन  ह्याट्रिक पूरा गरेका सूर्योदय नगरपालिकाका जर्सी नम्बर १० का शेखर राई म्यान अफ द म्याच बन्न सफल भए। उनले नगद ३ हजार र ट्रफी प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनल खेल इलाम नगरपालिका र फाकफोकथुम गाउँपालिका बीच हुनेछ।

देउमाई स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद दुई लाख ११ हजार  हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार  प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...