Skip to main content

Sacho TV

गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसरमा  मैत्रीपूर्ण फुटवल प्रतियोगिता

 

झापा, फागुन १५ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अबसर पारेर एक दिवसीय मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगिता अन्तरगत बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ को कर्मचारी टिम विजयी भएको थियो । बाह्रदशी शिक्षक ११ टिमलाई ट्राइवेकरमा ५– ४ को गोल अन्तरले पराजीत गर्दै कर्मचारी टिम विजयी भएको हो । निर्धारित समयमा गोल रहित वरावरी भएपछि ट्राइवेकर मार्फत खेलको निर्णय लिइएको थियो ।


प्रतियोगिका विजयी टिमलाई गाउँपालिका अध्यक्षा चम्लगाई, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा म्यान अफ द म्याच बाह्रदशी शिक्षक ११  टिमका जीवन धमला घोषित भए ।
गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र वहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव आगामी फागुन २० गते मनाउने तयारी गरिएको विद्यालयका प्रधानाध्याापक लेखनाथ कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...