Sacho TV

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ।

बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।

यता संगै रहेका सात जनाको अवस्था भने सामान्य छ । उनीहरु ठुलो दुर्घटनाबाट बचेका छन् । दुर्घटनाग्रस्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका१२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । चालक माझीलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ । टिपर प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...