Skip to main content

Sacho TV

चर्च व्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा

 

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–०  गोलले पछिपरेको अवस्थालाई उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल स्थान सुरक्षित गरेको छ

लिग उपविजेता मच्छिन्द्रले लिएको ३-०गोलको अग्रता तोड्दै   ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो ।
यो सँगै चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका  भिडन्त पक्का गरेको हो।

खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्काे गोल थपे । मैदानको मध्य भागबाट अगाडि बडाएको बललाई उनले सुन्दर गोल गरे पनि मच्छिन्द्रको जितका लागि यो गोल प्रयाप्त बन्न सकेन ।
खेलको पहिलो हाफ सम्म शुन्यको नतिजा रहेको चर्च व्वाइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमि फकुन्लेले पहिलो गोल फर्काए । मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे । खेलको ६९ औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे । मच्छिन्द्रका डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो । खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरी गरे । विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मच्छिन्द्रका दुई जना डिफेन्डरलाई विट गर्दै गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे । मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रा समेत तय गराए ।
खेलको १५ औँ मिनेटमा चर्च व्वाइजका जय गुरुङको क्रस पासमा विदेशी खेलाडी रिचार्ड विल्सनको हेडर मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । खेलको ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलरक्षकले बचाए ।
खेलको ९ औँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फस्टबारमा प्रहार गरेको बल गोलरक्षकले बचाउँदै कर्नर बनाए । खेलको २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन । खेलको ७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।
खेलपछि चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो फुटबलको २५ वर्षको करियरमा यस्तो किसिमको पहिलो कमव्याक खेल भएको बताए । उनले आफ्ना खेलाडी निरन्तरको खेलले थकित भएको र दोस्रो हाफपछि रणनीति परिवर्तन गरेकाले छिट्टै कमब्याक भएर जित निकाल्न सकिएको बताए ।
मच्छिन्द्रका प्रशिक्षक पहिलो हाफ राम्रो भएको तर दोस्रा हाफमा आफु सम्हालिन नसक्दा हार बेहोर्नु परेका बताए । उनले खेलाडी थाकेकाले पनि दोस्रो हाफमा भने जस्तो खेल्न नसकेको बताए ।
शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...