Skip to main content

Sacho TV

लिङ्कन मन्टेश्वरी स्कुलको होली मिलन कार्यक्रम सम्पन्न

 

झापा फागुन २९ ।। झापाको बिर्तामोड ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम गरेको छ।  आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो।

बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए ।  अभिभावक ,विद्यार्थी , शिक्षक, विद्यालय व्यवस्थापन समिति ,कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो।


बालबालिकालाई समय समयमा होलि अलवा  दशैं तिहार छठ सहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ।


बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको महत्व बुझाउन पनि कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा हाल पिजी नर्सरी एलकेजी युकेजी ५० जना विद्यार्थी रहेका छन्। २०७३ सालमा स्थापित विद्यालयमा कर्मचारी र शिक्षक गरेर आठ जना कार्यरत रहेका छन्। लिङ्कन बालमैत्री विद्यालय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...