Sacho TV

सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न

 

बिर्तामोड, ३ चैत्र : बिर्तामोडमा महिला मेयर भएकाकारण आएको सघन सहरी विकास कार्यक्रम अन्तर्गतका योजनाहरु सम्पन्न भएका छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो ।

स्तरोनन्ति गरीएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक (१२ सय ४० मि), वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक (१२ सय ४० मि) र बुट्टाबारी एभरेष्ट स्कुलहुँदै हरिहर आश्रम सडक (१२ सय ४० मि) रहेको छ ।

करीब ७ किलोमिटर सडकसंगै वडा नम्बर ६ मा रहेको हरियाली सामुदायिक वनमा एउटा सामुदायिक भवन पनि निर्माण गरीएको छ ।

सबै योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले
गत भदौ २० गते एकमुष्ठ शिलान्यास गर्नु भएको थियो ।
शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम सम्पन्न गरेको हो ।

कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले केहि सडकहरुमा ड्रेनको समस्या रहेकोले आगामी वर्षका योजनाहरुमा समेट्ने बताउनु भएको छ । यस्तै नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा रहेको धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग २०१५ साल भन्दा अगाडीको सडक रहेको र यसमा पनि कालोपत्रे गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले सबै कालो पत्रेका कामहरु गुणस्तरीय रहेको बताउनु भएको छ ।

ठेकेदार नयन बरालले योजना सञ्चालनको समयमा जनप्रतिनिधिले राम्रो साथ दिएको बताउनु भयो ।
वडा नम्बर १ संगै समग्र बिर्तामोड नगरपालिकाको काममा आफुहरु सन्तुष्ट रहेको स्थानीयको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...