Sacho TV

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

 

 बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  रोहित प्रसाईंको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो।

साधारणसभामा अध्यक्ष बम बहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उपलब्धिहरू तथा आगामी योजनाहरूबारे जानकारी गराए। प्रमुख अतिथि वडाध्यक्ष रोहित प्रसाईंले टोल विकास संस्थाले स्थानीय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै समुदायको समृद्धिका लागि अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। टोल महिला समिति अध्यक्ष दुर्गा रिजालले आगामी दिनमा थप सक्रिय कार्यक्रमहरू आवश्यक रहेको बताइन्।

साधारणसभासँगै संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। यस पटकको निर्वाचनबाट पुनः बम बहादुर कार्की अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा भानु दाहाल, सचिवमा मिलन भट्टराई, सहसचिवमा मिना पाठक, कोषाध्यक्षमा बबिता खनाल चयन भएका छन् भने सदस्यहरूमा निश्चल आचार्य, चन्द्र थापा, पुष्प दुलाल, शान्ता लिम्बु, मेनुका लिम्बु र काजीमान कार्की निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले टोलको पूर्वाधार विकास, शिक्षा, सरसफाइ, सामाजिक सद्भाव तथा अन्य विकास परियोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

 कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष अप्सरा कार्कीले राखेकी थिइन् भने  कार्यक्रमको सञ्चालन  सचिव खगेन्द्र प्रसाईंले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...