Skip to main content

Sacho TV

दोषीलाई हदैसम्मको सजायको माग

काठमाडौं– नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वाक स्वतन्त्रता लगायतका अधिकारको दुरुपयोग गर्नेलाई हदैसम्मको सजाय हुनु पर्ने माग राखेकी छिन् ।

संविधानले दिएको स्वतन्त्रताको अधिकारको दुरुपयोग गर्दै पत्रकारलाई ज्यूँदै जलाउने राजावादी प्रदर्शनकारी तथा पूर्वराजाका समर्थकहरूलाई हदैसम्म कारबाही गर्नुपर्ने माग राखेकी हुन्। पत्रकारले समाचार सम्प्रेषणकै क्रममा हत्या, कुटपिट र सञ्चार माध्यम माथि आगजनी लगायतका भौतिक आक्रमण भोग्नु परेको दुखद घटनाको भर्त्सना गरेकी छिन् ।

दोषी माथि कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका देशैभरका महासंघले विरोध सभा गर्ने भएको हो । संविधानले दिएको अधिकार प्रयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने पत्रकार तथा संचार माध्यमसम्बद संघ संस्थाहरुको माग छ । ‘संविधानले दिएको वाक् स्वतन्त्रता लगायतका अधिकारको उपयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्ने भिडतन्त्रलाई परास्त गर्न सबै नागरिक समाजलाई आव्हान गर्छु र दोषी प्रत्येक व्यक्ति माथि कानुनी कारबाहीको माग गर्छु’, अध्यक्ष शर्माले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...