Sacho TV

दोषीलाई कारबाहीको माग राख्दै धादिङका पत्रकारले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

धादिङ- धादिङका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । काठमाडौंस्थित तिनकुनेमा पत्रकार सुरेश रजकसहित दुईजनाको ज्यान जाने गरि घटेको घटना तथा सोहि दिन विभिन्न मिडिया हाउस तोडफोड, आगजनी तथा मिडियाकर्मी कुटपिटमा संलग्न तथा दोषीलाई कारबाहीको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल पत्रकार महासंघ धादिङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो । दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै कारवाही नभए चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढ्न नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए । संघिय सरकारसंग उक्त पत्र पुर्याईदिन तथा न्यायका लागि पहल गरिदिन आग्रह पत्रकारहरुले आग्रह गरेका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई दिइएको सो ध्यानाकर्षण पत्रमा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपुर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुईतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरि क्षति पुर्याएको,कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरि क्षति पुर्याएको, हिमालय टेलिभिजनको सवारी साधनमा तोडफोड गरि क्षति पुर्याएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरि खुट्टा भाचेको र फोटो पत्रकार निराज तामांगको क्यामेरा हराएकोमा ति घटनाहरुको निष्पक्ष छानविन र दोषीलाई कडा कार्यवाहीको मांग रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ज्यान गुमाएका पत्रकारको हत्या बारे गहिरो अनुसन्धान गरि हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कार्यवाही गर्न तथा उनको परिवारलाई क्षतिपुर्ति दिन, संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सवैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाईते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग राखेका छन् । विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन समेत मांग गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे तत्काल पत्र संघिय सरकारलाई पठाउने र न्याय निरुपणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । चैत्र १५ गते भएको घटना र पत्रकारहरुसंग भएको घटनाप्रति नेपाल सरकार गम्भिर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...