Sacho TV

गल्छीको वडा–२’ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा’

धादिङ – धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने अभियान स्वरुप बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले बालमैत्री वडाको घोषणा गरिएको बताए ।
यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको बताएका छन् । ‘यसअघि वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गरि सकेको छ । क्रमिक रुपमा सबै वडालाई बालमैत्री वडा घोषणा गरिनेछ । गाउँपालिकाबासी, सरोकारवाला सबै निकायको समन्वयमा बालमैत्री वडा घोषणा गर्न सफल भएको हो’ उनले भने । यस्तै गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले पालिकाले बाल संरक्षण, विकास, सहभागिता, संस्थागत संरचना सुदृढिकरण लगायत क्षेत्रमा विशेष लगानी गरेको भन्दै क्रमिक रुपमा अन्य वडाहरुलाई पनि बालमैत्री वडा घोषणा गरिने बताए ।

वडा अध्यक्ष षडानन्द खनालले प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो तीन वर्षदेखि गल्छी गाउँपालिकाले बालमैत्री शासन अन्तर्गत पूर्व तयारी गर्दै गुरु योजना बनाएर काम गरेको बताए । वडा नम्बर २ बालमैत्री शासनयुक्त वडा बन्न सफल भएकोमा वडाबासी गाउँपालिका तथा सरोकारवाला सबैलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।
बालमैत्री वडा घोषणाअघि वडा कार्यालय परिसरमा बालबालिकाहरूले बालअधिकार सुनिश्चितताको नारा लगाउँदै र्याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...