Sacho TV

लोकतन्त्र दिवसको अवसरमा धादिङबेसीमा दीप प्रज्वलन

धादिङ -१९औं लोकतन्त्र दिवसको अवसरमा आज जिल्लाको सदमुकाम धादिङबेसीमा दीप प्रज्वलन गरिएको छ । नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र तथा लोकतन्त्र ल्याउन योगदान गर्ने शहीदको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो ।

पुछार बजार एमाले चोकमा आज साँझ नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूले दीप प्रज्वलन गरेका हुन् ।
संविधान सभा सभा सदस्य गुरु बुर्लाकोटीले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्ने बताए । `लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको छ । लोकतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । कमी कमजोरीलाई सुधार गरेर लोकतान्त्रिक गणतन्त्रलाई भरपुर सबल बनाउनु पर्छ´ उनले भने ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले राजनितिक दल र नागरिक समाजको ठूलो देनले लोकतन्त्र ल्याउन सकिएको बताए । `पत्रकार पनि नागरिक समाज हो । लोकतन्त्र ल्याउन पत्रकारिताको क्षेत्रमा उल्लेखनिय योगदान गरिएको छ । हामी पनि लोकतन्त्रको पक्षधर हो´ उनले भने ।

त्यस्तै, गैर सरकारी संस्था महासंघ धादिङका कार्यवाहक अध्यक्ष तोला कुमारी पाठकले लोकतन्त्र दिवसलाई उज्यालो दिनको सुरुवातको संज्ञा दिइन् । निरङ्कुशता पराजय भएको स्मरण गर्दै आज लोकतन्त्र दिवस मनाउँन पाउनु, नेपाली जनताको स्वतन्त्रता र आजको उपलब्धि लोकतन्त्रको उपज रहेको बताइन् ।

दीप प्रज्वलन कार्यक्रमको अवसरमा वक्ताहरूले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । उनीहरुले यो सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...