Sacho TV

धार्मिक र पर्यटकीय विकासका लागी -“प्रथम सिङ्ला पर्यटन मेला २०८२ हुने”

धादिङ — धादिङ जिल्लाको उत्तरी क्षेत्र सिङ्लामा पहिलो पटक ‘प्रथम सिङ्ला पर्यटन मेला २०८२’ आयोजना हुँदैछ। सिङ्ला पर्यटन क्षेत्र विकास समाजको आयोजना र विभिन्न स्थानीय निकाय, संघ-संस्थाहरूको सहकार्यमा बैशाख २७ देखि २९ गतेसम्म मेलाको आयोजना हुने भएको हो।

नीलकण्ठ नगरपालिका–३, धादिङस्थित समाजको नेतृत्वमा आयोजना गरिने यस मेलामा खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका, गंगाजमना गाउँपालिका (धादिङ), म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका (नुवाँकोट) तथा आमाछेदिङमो गाउँपालिका (रसुवा) सह-आयोजकका रूपमा रहेका छन्।
नेपाल पर्यटन बोर्ड (NTB) प्रवर्द्धकका रूपमा र बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति धादिङ, धादिङ उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय धादिङ, तथा ज्यामपल दोर्जे दुवखाङ गुम्बा, सेमजोङ, धादिङले सहयोगी भूमिका रहने आयोजकले बताएको छ।

सिङ्लाको अद्भुत सौन्दर्य र ऐतिहासिक महत्व

समुद्री सतहदेखि ४२०० मिटर उचाइमा अवस्थित सिङ्ला धादिङबेसीबाट ११४ किलोमिटर टाढा पर्छ। चारैतिर हिमालले घेरिएको र हरियाली घाँसे मैदानले ढाकिएको यो क्षेत्र प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण हो। भेडीखर्क, बेल, बलु, स्युक्पा, तथा लालीगुराँसले ढाकिएको क्षेत्र, साथसाथै दुर्लभ जडीबुटीहरूको उपस्थिति यहाँको मुख्य विशेषता हो। जनै पूर्णिमाको अवसरमा यहाँ विभिन्न धर्मावलम्बीहरू भेला भई आ-आफ्ना संस्कार अनुसार पूजा पाठ गर्ने परम्परा समेत रहेको छ, जसले सिङ्लालाई धार्मिक सहिष्णुताको प्रतीक बनाएको छ।

मेलाको उद्देश्य

मेलाले सरकार तथा सरोकारवाला निकायहरूको ध्यान केन्द्रित गराई सिङ्ला क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने मुख्य लक्ष्य राखेको छ। साथै, स्थानिय भाषा, धर्म, संस्कृति, रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने, पर्यटकिय स्थलहरुको विकास तथा विस्तारमा टेवा पुर्याउने, लोप हुँदै गएका स्थानिय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, बिभिन्न जातजातीबीच सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, र लगानीका नयाँ अवसरहरू सृजना गर्ने दीर्घकालीन उद्देश्यहरू पनि मेलाको केन्द्रमा रहेका छन्।

विशेष आकर्षणहरू

मेलामा विभिन्न सांस्कृतिक तथा परम्परागत नृत्य प्रस्तुत गरिनेछ, जस्तै:

  • साईखोले नृत्य
  • मानेदोरा नृत्य
  • म्हेन्दोमाया नृत्य
  • बोम्बो नाच
  • लामा नाच

त्यस्तै, विश्व शान्तिका लागि २० किलोमिटर म्याराथन दौड कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा विभिन्न क्षेत्रबाट धावकहरूको सहभागिता रहनेछ।

मेलाले सिङ्लालाई मात्र नभइ सम्पूर्ण धादिङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। पर्यटनको माध्यमबाट स्थानीय जनताको आय आर्जनमा वृद्धि गराई आर्थिक समृद्धि हासिल गर्नु मेलाको महत्वपूर्ण उपलब्धि बन्नेछ।

मेलाको सफलताले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि सिर्जना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...