Sacho TV

नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्ने

धादिङ– धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने भएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि नगरपालिकाले स्थापना दिवस मनाउन लागेको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाउन लागेको हो ।

नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने तयारी गरेको छ।बैशाख २३ गते नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघबिच फुटसल खेल, नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र नीलकण्ठ नगरपालिका र जिल्ला क्रिकेट संघ, धादिङबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

त्यस्तै बैशाख २४ गते नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ ।

खेलकुदमा भागलिन इच्छुक सबैले बैशाख २२ गते कार्यालय समयमा सम्पर्क गरिदिनु हुन नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...