Sacho TV

धादिङको गजुरिमा श्रीमानबाट श्रीमतीको हत्या गर्न ४ लाख लिएका व्यक्तिहरुले श्रीमानकै नै हत्या गरे

धादिङ :- धादिङको गजुरी गाउँपालिका–२ डुडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल र उनकी श्रीमती सुस्मिता सिलुवालबीच एक आपसमा बोलचाल समेत नभएको लामो समय भयो ।

श्रीमान श्रीमतीबीच असमझदारी बढेपछि श्रीमान चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्ने योजना भए । उनले सोही स्थानमा बस्दै आइरहेका मकवानपुरको राक्सिराङ–९ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमतीलाई मार्न ४ लाखको सुपारी दिए । अक्कले राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या खटिए । तर पटक–पटकको प्रयासपछि सुस्मिताको हत्या गर्न असफल भएपछि चुडामणिले छिटो काम गर्न नभए रकम फिर्ता गर्न अक्कललाई दवाब दिइ रहे ।

अन्ततः दवाब सहज नसकेर सुपारी दिने चुडामणिको नै अक्कलको समूहले हत्या गर्‍यो । गत चैत २७ गते राति चुडामणिको घाँटीमा डोरी कसिएको अवस्थामा भुई तलाको कोठा भित्रको एटेच बाथरुमा शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदै यो घटना सार्वजनिक भएको हो । धादिङ प्रहरीले पक्राउ परेका अक्कल, पृथलाल र सञ्चलाललाई आज सार्वजनिक गर्दै चुडामणिको हत्या भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले श्रीमतीलाई छिटो मार्न र नभए पैसा फिर्ता गर्न दवाब दिए पछि उनीहरुले चुडामणिको नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए ।

उनका अनुसार अक्कल बहादुर प्रजाको साथबाट कोठाबाट एक लाख नगद, मृतकको घाँटीमा कसेको डोरी, मार्न प्रयोग भएको कोदालो, मृतकको फोन फुटाएर फालेको भन्ने स्थानबाट रेडमी फोनको टुक्रा भेटिएको छ ।

मृतकबाट प्राप्त रकमबाट किनिएको एकै किसिमको कपडा जुत्ता लगायतका सामग्री बरामद गरिएको प्रवक्ता हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...