Sacho TV

सुनगाभा एकेडेमीमा निर्वाचन प्रक्रियाबाट ८१ मत सहित कप्तनमा राजन तामाङ निर्वाचित

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सुनगाभा एकेडेमीले निर्वाचन मार्फत विद्यार्थीहरुको नेतृत्व चयन गरेको छ । विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका भाईस प्रिन्सिपल सोबिता श्रेष्ठ बताउनुभयो ।

विद्यालयको कप्तानमा भएको निर्वाचनमा राजन तामाङ निर्वाचित हुनुभएको छ । विद्यालयको कप्तानमा भएको निर्वाचनमा कक्षा ८ का नवराज सेन्चुरीलाई २८ मतले पछि पार्दै राजन तामाङ निर्वाचित हुनुभएको हो । विद्यालयको कप्तानको लागि भएको निर्वाचनमा कूल १ सय ३४ मत खसेकोमा तामाङले ८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी सेन्चुरीले ५३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै विद्यालयको उपकप्तानको लागि भएको निर्र्वाचनमा अमित कुँवरलाई २६ मतको अन्तरले पछि पार्दै अनुजा तामाङ विजय हुनुभएको छ । उपकप्तान पदको लागि भएको निर्वाचनमा विजयी अनुजा तामाङले ६७ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी अमित कुँवरले ४१ मत र आदित्य लगुनले २६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै विद्यार्थीहरुको सदन अनुसारको कप्तान र उपकप्तानको पनि निर्वाचन सम्पन्न भएको छ । २९ मत सहित रिदिमा राना मगर रातो सदनको कप्तानमा निर्वाचित हुनुभएको छ । भने उपकप्तामा २३ मत ल्याएर रोनिश श्रेष्ठ विजयी हुनुभएको छ । यस्तै निलो सदनमा १६ मत सहित सहारा कुँवर कप्तानमा विजयी हुनुभएको छ भने २८ मतका साथ सुवास गुरुङ उपकप्तानमा विजयी हुनुभएको छ । विद्यालयको हरियो सदनमा २२ मतका साथ सुन्नी गुरुङ कप्तानमा र १७ मतका साथ डोल्मा तामाङ उपकप्तानमा निर्वाचित हुनुभएको छ । यस्तै पंहेलो सदनको कप्तानमा २१ मतका साथ सम्राट घिमिरे कप्तानमा निर्वाचित हुनुभएको छ भने १५ मतका साथ मासुम अन्सारी उपकप्तानमा निर्वाचित हुनुभएको छ ।

विद्यालयका निर्वाचित कप्तान , उपकप्तान र सदन अनुसारका कप्तान उपकप्तानलाई फुलमाला र खादा लगाईदिएर बधाई ज्ञापन गरिएको छ । विद्यालयका शिक्षक, अभिभावक, सञ्चालक समितिका पदाधिकारीहरुले नवनिर्वाचित कप्तान उपकप्तानलाई खादा माला लगाईदिएर बधाई ज्ञापन गरेको हो ।

आज निर्वाचित कप्तान उपकप्तानको कार्यकाल यो वर्षको शैक्षिक सत्र सम्म रहनेछ । विद्यालयमा हुने विभिन्न क्रियाकलापहरु आज निर्वाचित कप्तान उपकप्तानको नेतृत्वमा गरिने विद्यालयले जनाएको छ । धादिङ जिल्लाकै पहिलो निजि विद्यालयको रुपमा स्थापित यस विद्यालयमा नयाँ व्यवस्थापन सहित नर्सरीदेखि कक्षा ८ सम्म पढाई सञ्चालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...