Sacho TV

कक्षा १२ को परिक्षा सकिना साथ प्रशासनमा राहादानी बनाउने विद्यार्थीको भिड

कक्षा १२ को परीक्षा सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता , राष्ट्रिय परिचयपत्र र पास्पोर्ट बनाउने सेवाग्राहीको भिड अत्यधिक बढेको छ । विशेषतः विद्यार्थीहरू र विदेश जाने तयारीमा रहेका युवाहरूको चापका कारण कार्यालयमा दैनिक सयौंको संख्यामा सेवाग्राहीहरू उपस्थित भइरहेका छन् ।

 

सेवाग्राहीको चाप बढेसँगै कार्यालयमा कर्मचारी अभावको समस्या देखिएको छ । दरबन्दीअनुसार पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहमा ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताउनु भयो । कर्मचारी अभावले छिटो सेवा दिन नसक्दा सेवाग्राहीहरूलाई लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपनेले बताउनु भयो ।

धादिङ जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीहरूको चाप व्यवस्थापन गर्न थप कर्मचारी नियुक्ति र सेवा प्रवाहमा सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ । त्यसैगरि सेवाग्राहीहरूले पनि सेवा प्राप्त गर्नका लागि आवश्यक कागजातहरू तयार पारेर समयमै कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ साथै भिडलाई कम गर्न सार्वजनिक बिदाकोदिन पनि कामहुने न्यौपनेले बताउनु भयो ।

धादिङ जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण कार्यको सुरुवात गरे यता सेवाग्राहीहरूको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । कार्यालयले अनलाइन फारम भर्ने सुविधा निःशुल्क रूपमा उपलब्ध गराए पनि कर्मचारी अभावका कारण सेवामा ढिलाइ भइरहेको छ । सेवाग्राहीहरूको चाप व्यवस्थापन गर्न कार्यालयले विभिन्न उपायहरू अवलम्बन गरिरहेको छ । तर, कर्मचारी अभावका कारण सेवा प्रवाहमा चुनौतीहरू कायमै छन् ।

यसले सेवाग्राहीहरूलाई समयमै सेवा प्राप्त गर्न कठिनाइ भएको छ । कर्मचारी अभाव र सेवाग्राशीको संख्या बढ्दा सेवालाई कसरी सहज बानाउने भन्ने बिषयमा तयारी  गरिरहेको  सहायक प्रमुख जिल्ला अधिकारी  न्यौपानेले  बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...