Sacho TV

धादिङको राजमार्ग क्षेत्रमा होटल तथा पसलमा अनुगमन, पाँच होटललाई जरिवाना

धादिङ । धुनिबेसी नगरपालिका क्षेत्रमा रहेका होटल तथा किराना पसलमा गरिएको बजार अनुगमनमा विभिन्न अनियमितता फेला परेको छ। अनुगमन टोलीले पाँच होटललाई जरिवाना गरेको छ भने म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा होटलहरूमा बिना दर्ता व्यवसाय सञ्चालन, म्याद गुज्रेका वस्तु बिक्री, बिल नबनाउने, सरसफाइमा लापरवाही तथा सामानमा बढी मूल्य लिएको पाइएपछि जरिवाना गरिएको हो।

अनियमितता भेटिएका होटलहरूमा आँदीखोला होटल, न्यू आँदीखोला होटल, ग्रीन गार्डेन होटल, साथीभाइ खाजाघर एन्ड होटल र फास्ट एन्ड इजी क्याफे रहेका छन्। ती होटलहरूलाई क्रमशः ५० हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी गराइएको छ।

अनुगमन टोलीले बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजाने र उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षणमा कडाइ गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...