Sacho TV

पानी परेपछि धादिङवासीलाई राहत

धादिङ, धादिङमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज दिउसो वर्षा भएपछि मौसम चिसो भई गर्मीबाट राहत मिलेको हो ।

यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको दक्षिण क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धादिङबेसी र आसपासको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धादिङबेसीका स्थानीय रमेश श्रेष्ठले बताउनुभयो ।

नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति वागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज बिहान जारी गरिएको मौसम बुलेटिनमा उल्लेख छ ।

वर्षा भएपछि ओइलाइरहेको मकैको बिरुवालाई पानी पाएपछि किसानलाई पनि सहज भएको छ । पानीको पर्खाइमा रहेका उनीहरु खेतीपातीको काममा सक्रिय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...