Sacho TV

गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम सम्पन्न

धादिङ: गजुरी गाउँपालिका वडा नं. ३ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरिएको छ ।

आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले ब्यानरमा हस्ताक्षर गर्दै वडालाई औपचारिक रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष श्रेष्ठले शिक्षा नै विकासको आधार भएको उल्लेख गर्दै गजुरीका सबै वडामा शिक्षा पहुँचको समानता र गुणस्तर वृद्धिका लागि पालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाको रणनीति, गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उपाय, र विद्यालयमा बालमैत्री वातावरण निर्माणका विषयमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...