Skip to main content

Sacho TV

विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ : सदरमुकाम धादिङबेशी विपद् जोखिम न्यूनीकरण र प्लास्टिकजन्य फोहोर व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाईने बताउनुभयो।

उहाँले विपद् प्रतिकार्य योजना बनाई खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा काम भइरहेको जानकारी दिनुभयो।साथै, जोखिमयुक्त स्थान पहिचान गरी आवश्यकता अनुसार तत्काल उद्धार तथा राहतको तयारीमा नगरपालिका जुटिरहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी जानकारी दिँदै नगरपालिकाले आफ्नै ऐन बनाएर कम्पोस्ट मल उत्पादन गरी बिक्री गरिरहेको र अन्य फोहोर डम्पिङ साइटमार्फत व्यवस्थापन भइरहेको जानकारी दिनुभयो।

उहाँले यो कार्य सबैको समन्वय र निरन्तर सहयोगबाट मात्रै सम्भव भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, गैसस महासंघ बागमतीका पूर्वअध्यक्ष दामोदर अर्याल लगायत वक्ताहरूले शुभकामना दिँदै विपद् पूर्वतयारीमा स्थानीय तहको भूमिकाको प्रशंसा गर्दै वातावरणीय स्वच्छतामा निरन्तर काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका अन्तरगतको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका कार्यकारी प्रमुख रोशन कोइरालाले विपद् नीतिहरू र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभयो भने स्वास्थ्य शाखाका शिव रानाले फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी नीतिगत तथा कार्ययोजना प्रस्तुत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...