Skip to main content

Sacho TV

११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ धादिङमा भव्य रूपमा मनाइयो

धादिङ ।धादिङमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस २०८२ आज भव्यताका साथ मनाइएको छ। “सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मुख्य नारासहित आयोजना गरिएको कार्यक्रममा योग पदयात्रा, योग अभ्यास तथा प्रवचन लगायत विविध कार्यक्रमहरु समावेश थिए।

कार्यक्रमको उद्घाटन नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले गर्नुहुँदै योगलाई जीवनशैलीको रूपमा आत्मसात् गर्न आग्रह गर्नुभयो। “योगले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, सकारात्मक सोच र जीवनमा अनुशासन ल्याउँछ,” उहाँले भन्नुभयो।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले समाज र टोलमा सकारात्मक भावना फैलाउन योग अत्यन्तै आवश्यक रहेको बताउनुभयो। उहाँले योगमार्फत मानसिक शान्ति र सामाजिक सौहार्द बढाउन सकिनेमा जोड दिनुभयो।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा केन्द्र धादिङका प्रमुखले योग शरीर, मन र आत्मालाई जोड्ने माध्यम भएकाले योगबाट मोक्ष प्राप्त गर्न र तत्वज्ञान पाउन सकिने उल्लेख गर्नुभयो।

धादिङबेसीको पुछारबजारबाट सुरु भएको योग पदयात्रा सिरानबजार हुँदै सिटी हलमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा सहभागीहरुले सामूहिक योग अभ्यास गरिरा थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...