Sacho TV

पार्टीमार्थी माथी भइरहेको हमलाहरुको एमालेले डटेर प्रतिकार गर्छ ः वरिष्ठ उपाध्यक्ष पोखरेल

धादिङ ।
नेकपा एमालेमाथी भइरहेको हमलाहरुको डटेर प्रतिकार गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनुभएको छ ।

नेकपा एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणहरुबाट भइरहेको हमलाको प्रतिरोध र प्रतिकार गर्ने पोखरेलले बताउनुभयो । नेकपा (एमाले) धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्नुहुँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउनको लागि हामीमाथी हमला भइरहेको छ । त्यसको हामीले प्रतिकार गरिरहेका छौं । अझै एकजुट त्यसको प्रतिवाद गर्नुपर्छ ।’

‘नेकपा एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासन सत्ताको विपक्षमा छ । अनिर्वाचित शासन सत्ता चलाउने कुराको विपक्षमा छ । एमाले लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी हो । यसमा कोहीसँग सम्झौता हुँदैन’, पोखरेलले भन्नुभयो ।

नेकपा एमाले संविधानको सर्बाेच्चता र कानूनी शासनको पक्षमा रहेकोले आफुहरुमाथी हमला भइरहेको पनि कार्यकर्तामाझ स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘एमाले विकास र समृद्धिको पक्षमा छ । एमाले सामाजिक सद्भावको पक्षमा छ । त्यस कारण हामीमाथी हमला भएको हो ।’

आफ्ना कमी कमजोरी सुधार गरेर पार्टीमाथी भएका हमलाको एकतावद्ध भएर प्रतिकार गर्न कार्यकर्ताहरुलाई पोखरेलले सुझाव दिनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने र त्यसमा पार्टी नेता, कार्यकर्ताको योगदान जरूरी रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटि धादिङका अध्यक्ष भूमी प्रसाद त्रिपाठीले पार्टीको संगठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषण सहितको राजनीतिक तथा साँगठनिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रथम प्रतिनिधि परिषद उद्घाटन उद्घाटन समारोमा नेकपा एमाले केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, जानुका सिंखडा, केन्द्रीय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटि सचिव नवराज सिलवाल लगायतले नेकपा एमालेको आगामी योजना र आगामी निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टता विषयमा आफ्ना धारण राखेका थिए । पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्तावहरू पनि पारित गरिएको छ ।

प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले सांगठनिक सुदृढीकरण र वैचारिक स्पष्टता दुवैलाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताउनुभयो । प्रतिनिधि परिषदमा एमालेका पुराना नेताहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङको नीलकण्ठ– ५ खाल्टेमा सहिद सालिक भत्किन थाल्यो

धादिङ, नीलकण्ठ नगरपालिका–५ खाल्टेमा प्रदेश सरकारको करिब १० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको सहिद सालिक २–३ महिना नबित्दै खुइलिन र...
धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ कारागारलाई रेडक्रसद्वारा सामग्री सहयोग

धादिङ — धादिङ कारागारमा उत्पन्न तनावका कारण कैदीबन्दीको अवस्था जटिल बनेपछि जिल्ला रेडक्रस सोसाइटीले दैनिक आवश्यक सामग्री हस्तान्तर...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको राजीनामा

  धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विका...
Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा  १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

Gen-Z आन्दोलनलाई समर्थन गर्दै धादिङबेसीमा १० बजे शान्तिपूर्ण विरोध प्रदर्शन हुने

  धादिङ — जेन्जी–जेड आन्दोलनलाई समर्थन गर्दै र सरकारले गरिरहेको मानविय नरसंहारको विरोधस्वरूप  भदौ २४ गते विहान १०:०० बजे ध...